आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन

गोकर्णेश्वर खबर२४ असार २०७९, शुक्रबार १७:३० मा प्रकाशित (१ साल अघि) २३९ पाठक संख्या

२४ असार, काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको मृत्यु भएको छ । जापानको सरकारी मिडिया एनएचकेले निधनको पुष्टि गरेको छ । शिन्जो आबेमाथि गोली प्रहार भएको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ बताएका थिए ।

आक्रमणकारीको उद्देश्य खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए । यसअघि जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका थिए ।