आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नेपालमा १३ हजार नमूना परीक्षण गर्दा ९४४ जनामा कोरोना

गोकर्णेश्वर खबर२४ पुष २०७८, शनिबार १६:३१ मा प्रकाशित (२ साल अघि) ३२५ पाठक संख्या

२४ पुष, काठमाडौं । नेपालमा १३ हजार २६४ जनाको नमूना परीक्षण गर्दा थप ९४४ जनामा कोरोना संक्रमण देखिएको छ । देशभरिमा पीसीआरबाट ६९६ र एन्टिजेनबाट २४८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २९७ जना संक्रमित कोरोनामुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ । नेपालमा पछिल्लो केही दिनदेखि संक्रमित संख्या बढिरहेको छ ।

शुक्रबार एकैदिन ९६८ जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा हाल ६ हजार १४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।