आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

ओलीसँगको भेटपछि एमसीसी उपाध्यक्ष फतिमा र माधव नेपालबीच भेटवार्ता

गोकर्णेश्वर खबर२४ भाद्र २०७८, बिहीबार २२:०८ मा प्रकाशित (२ साल अघि) ११६ पाठक संख्या

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको एक नेताले जानकारी दिए ।

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।