आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

प्रदिव ज्ञवालीले भने- ‘माधव नेपाल एमाले एकताप्रति इच्छुक देखिनुभएन्’

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार १५:४८ मा प्रकाशित (२ साल अघि) २६८ पाठक संख्या

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताप्रति इच्छुक नदेखएको निष्कर्ष निकालेको छ।

कार्यदलका सदस्यहरुको छलफलमा नेता माधवकुमार नेपालले अरु सांसदले नदिए पनि आफूले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने धारणा राखेको एमालेका सचिव प्रदीप ज्ञवालीले बताएका हुन्।

‘यसै सिलसिलामा दस बुँदे सहमतिको रक्षाका लागि पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गरेका थियौँ। आफू निश्चित विन्दुमा पुगिसकेको कारण आफू एक्लै भएपछि विश्वासको मतको पक्षमा मतदान गर्ने बताउनुभयो’, ज्ञवालीले भने, ‘उहाँको तर्फबाट विगतमा कार्यदलमा रहनुभएका साथीहरुले त्यस्तो गर्नु उचित नहुने र जे निर्णय गर्दा पनि संस्थागत निर्णयबाट कुरा गर्दा नेपालले आफू अल्पमतमा रहेको कमिटीको बैठकमा गएर गरेको निर्णयलाई मान्न नसकिने बताए। त्यसको तत्पर्य पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक देखिनुभएन। यस विषयमा पनि हामीले छलफल गर्‍यौँ।’

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा भएको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव ज्ञवालीले एमालेको यसअघिको बैठकबाट प्रतिपक्षमा रहने र विश्वासको मत नदिने निर्णय गरेको बताए।

‘जसरी विश्वासको मत लिने निर्णय गरेको छ। त्यसको विभिन्न प्रश्नहरु पनि जन्माएको छ’, ज्ञवालीले भने, ‘हामीले यसअघिको बैठकमै प्रतिपक्षी रहने निर्णय गरिसकेका छौँ। यो सरकारको पक्षमा जान सकिँदैन। विपक्षमा मतदान गर्छौँ।’

ज्ञवालीले एमालेले आफ्नो सांसद र सम्भव भएसम्म अन्य दलहरुसँग यही कुरा राख्ने बताए।