आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

कपनमा १० महिलासहित २९ जना जुवाडे पक्राउ

गोकर्णेश्वर खबर२३ असार २०७८, बुधबार १२:२८ मा प्रकाशित (२ साल अघि) ६८८ पाठक संख्या

काठमाडौं । कपनमा १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।

१४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

जुवा खालबाट ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।