आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ आयोजना गर्ने

गोकर्णेश्वर खबर६ चैत्र २०७७, शुक्रबार ०९:५६ मा प्रकाशित (३ साल अघि) ३६२ पाठक संख्या

काठमाडौं, चैत्र ६ ।  काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा  संचालित भेनस नेसनल कलेजले हार्टेनिंङ मिट २०२१ आयोजना गर्ने भएको छ। चैत्र ७ गते शनिबार पिस ब्यांकेट जोरपाटीमा आयोजना हुन लागिएको सो कार्यक्रममा भेनस नेसनल कलेजमा  नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा पास आउट बिद्यार्थीहरुको बिदाइ , लामो समय देखि समाजलाई बिभिन्न क्षेत्र बाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान , बिभिन्न संस्कृतिक प्रस्तुति समेत रहने सो कार्यक्रम बिहान १०: बजे देखि  शुरु हुने क्याम्पस प्रमुख कृष्ण गौतमले  जानकारी गराएका छन ।कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकार तथा गायकहरु राजु लामा, थानेश्वोर गौतम, सुरेन राइ  र  रचना रिमालको समेत प्रस्तुति रहने  उक्त कार्यक्रममा सहभागी हुनको लागि सबैलाई अनुरोध गरेका छन्  ।

सर्व सुलभ र गुणस्तरीय शिक्षाका लागि (एम टु एम) अर्थात् मन्टेश्वरी देखि मास्टरसम्म शिक्षा दिने नीति लिएको क्याम्पसले पढाइको साथ साथै अतिरिक्त क्रियाकलापलाइ पनि उत्तिकै प्राथमिकतामा  राखेको  छ।  “न्यून शुल्कमा गुणस्तरीय शिक्षा” प्रदान गर्ने उदेश्य सहित संचालित कलेजले बिद्यार्थीको सर्वांगीण विकास गरी असल, योग्य, सक्षम, जनशक्ति उत्पादनलाइ  जोड दिदै आएको  हुदा धेरैको रोजाइमा भेनस नेसनल कलेज पर्दै आएको छ   ।