आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा १ जनाको मृत्यु ४ घाइते

गोकर्णेश्वर खबर२० मंसिर २०८०, बुधबार १६:२२ मा प्रकाशित (५ महिना अघि) २४५ पाठक संख्या

विराटनगर । विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाइते भएका छन् ।

दिउँसो २ः१५ बजेतिर आगलागी सुरु भएको प्रहरीले बताएको छ । आगलागीमा परेर ५ जना घाइते भएका थिए । घाइतेमध्ये १ जनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।