आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

नेता,कर्मचारी र व्यापारीको मिलेमतो नभई एनसेल बिक्री सम्भव छैन् : शेखर कोइराला

गोकर्णेश्वर खबर१९ मंसिर २०८०, मंगलवार २२:२० मा प्रकाशित (५ महिना अघि) ३०४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन्।

पाँच वर्षपछि नेपाल सरकार मातहतमा हुनुपर्ने एनसेल अहिले बिक्री भएको उनले बताए।

‘राजनीतिज्ञहरू, कर्मचारी र व्यापारीहरूको मिलेमतो नभई एनसेल बिक्री गर्न सम्भव नै हुँदैन,’ मंगलबार कांग्रेस ओखलढुंगाको जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘त्यसकारण हामीले नेताहरूलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो? यस घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ।’

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर ९६ अर्ब ६६ करोड रूपैयाँ० मा बिक्री गरेको बताएको थियो।

फरक प्रसंगमा कोइरालाले भ्रष्टाचार निर्मुल गर्नुपर्ने बताए। ‘अहिले जताततै मानिसमा असन्तुष्टि छ। यसको कारण के हो भनेर बुझ्दा भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुनिन्छ,’ उनले भने।

भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक भएको उनले बताए।