आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

विप्लवलाई वारेन्ट जारी गलत भयो : प्रधानमन्त्री प्रचण्ड

गोकर्णेश्वर खबर१८ मंसिर २०८०, सोमबार १९:१२ मा प्रकाशित (५ महिना अघि) २०७ पाठक संख्या

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ९विप्लव० विरुद्ध जारी भएको पक्राउ पुर्जी गलत भएको बताएका छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले सो पक्राउ पुर्जीबारे छलफल भइरहेको वनि बताए।

‘विप्लवलाई वारेन्ट जारी गलत भयो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबारे वार्ता भइरहेको छ।’

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा विप्लवसहित अन्य ४ जना नेतताविरुद्ध सोमबार ३५ दिने पक्राउ पुर्जी जारी भएको हो।

महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

माइला लामा र विप्लवविरुद्ध दुई वटा मुद्दा राज्यविरुद्धको कसुरकै दर्ता छन्। उनीहरूलाई आफैँ अदालतमा उपस्थित हुन भनिएको छ।

हेमन्त प्रकाश ओलीसमेतलाई प्रतिवादी बनाएर २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो। २०८० मंसिर १० गते अदालतले प्रतिवादीहरु विप्लवसहितका विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश गरेको थियो।