आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

एनसेल बिक्री शंकास्पद भएको भन्दै रास्वपा सांसद श्रेष्ठले उठाइन् प्रश्न

गोकर्णेश्वर खबर१८ मंसिर २०८०, सोमबार १६:०८ मा प्रकाशित (५ महिना अघि) १६२ पाठक संख्या

काठमाडौं । एनसेलबाट आजियटा बाहिरिँदा भएको खरिद प्रकरणमा आशंका उब्जिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा सहमहामन्त्री सुमना श्रेष्ठले यो विषयमा संसदीय समितिमा छलफल गर्नुपर्ने माग गरेकी छिन् ।

उनले संसदको शिक्षा, स्वास्थ्य, सूचना समितिमा यो प्रकरणमा छलफल गर्नुपर्ने भन्दै उनले समितिमा निवेदन दर्ता गराएकी छिन् । सुमनाले चलिरहेको कम्पनीको शेयर आफूले किनको मूल्यभन्दा ९६ प्रतिशतक कममा बिक्री गर्नु शंकास्पद भएको भन्दै यसमा कर छली गर्ने प्रचपन्च भएको हुनसक्ने भन्दै प्रश्न उठाएकी छिन् ।

उनले यो प्रकरणमा सञ्चारमन्त्री, लगानी बोर्ड र राजस्वयका अधिकारीहरूलाई बोलाएर समितिमा छलफल गर्नुपर्ने माग गर्दै निवेदन दिएकी छिन् ।