आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई घाइते

गोकर्णेश्वर खबर२४ कार्तिक २०८०, शुक्रबार १२:२० मा प्रकाशित (५ महिना अघि) १७७ पाठक संख्या

काठमाडौं, कात्तिक २४ गते । भक्तपुरको गठ्ठाघर–३ मा चितुवा फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार बिहान गठ्ठाघरमा चितुवा फेला परेको जनाएको छ ।

चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते दुवैजनाको उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । चितुवालाई डिभिजन वन कार्यालयको टोलीले डार्ट गरेर नियन्त्रणमा लिइसकेको छ ।

चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो ।