आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

यू-१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक,नेपालले भारत र पाकिस्तानसँग खेल्ने

गोकर्णेश्वर खबर२२ कार्तिक २०८०, बुधबार १५:५४ मा प्रकाशित (६ महिना अघि) ७६ पाठक संख्या

काठमाडौं । यू-१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरिएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार नेपाल समूह ‘ए’ मा परेको छ।

नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।

नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ।

दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

नेपालले सन् २०२४ को जनावरीमा श्रीलंकमा यू(१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।

नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।