आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

इडा फाउन्डेशनद्वारा दुःख व्यक्त

गोकर्णेश्वर खबर१८ कार्तिक २०८०, शनिबार १४:५५ मा प्रकाशित (६ महिना अघि) १३२ पाठक संख्या

काठमाडौं, १८ कात्तिक । जाजरकोट र रूकुम–पश्चिममा भूकम्पले पुर्याएको क्षतिप्रति इडा फाउन्डेसनले दुःख व्यक्त गरेको छ । फाउन्डेसनका अध्यक्ष तेजप्रसाद ढकालले शनिबार एक विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका हुन् ।

फाउन्डेसनले भूकम्पमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै तत्काल राहत र उद्वार गर्न सरकारलाई विज्ञप्तिमार्फत ध्यानाकर्षणसमेत गराएको छ । “भूकम्प प्रभावित क्षेत्रमा हुन गएको जनधनको क्षति, शोकाकुल परिवारजनलाई पुर्याउन पर्ने राहत, सहयोग र उद्वार तत्काल निरन्तर पुर्याउनका लागि नेपाल सरकारलाई हार्दिक अपिल गर्दछौं“ विज्ञप्तिमा भनिएको छ । “नेपाल भूकम्प प्रभावित एवम् जोखिमपूर्ण भूगोल रहेको छ भनिन्छ, भूकम्पबाट हुने जोखिम अत्यन्त कम गर्न उचित स्थानको छनौट र भूकम्पप्रतिरोधी आवास निर्माणको योजना नेपालका ७७ वटै जिल्लामा छनौट गर्न, आवास निर्माण गर्न नेपाल सरकारले योजना बनाइ वार्षिक बजेट विनियोजन गरि पारदर्शिताका साथ कार्यन्वयनमा लाग्न र सो कार्यमा जनसमुदायको मन्जुरी र सहभागिताका निमित्त नेपाल सरकारको ध्यानाकर्षण गरिन्छ“ इडा फाउन्डेसनका अध्यक्ष ढकालले विज्ञप्तिमार्फत् भनेका छन् ।