आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

गोकर्णेश्वर खबर१८ कार्तिक २०८०, शनिबार ०८:३१ मा प्रकाशित (६ महिना अघि) १४३ पाठक संख्या

काठमाडौँ– जाजरकोटमा गएराति गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।

सदरमुकाम खलंगामास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।

घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ६३ जनाको ज्यान गएको पुष्टि भएको छ।