आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य,जवाफी ब्याटिङ गर्दै नेपाल

गोकर्णेश्वर खबर१६ कार्तिक २०८०, बिहीबार ११:०२ मा प्रकाशित (६ महिना अघि) ४५ पाठक संख्या

काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट हात पारे । गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट रह्यो ।

ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।