आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वरको मुलखर्कमा दशैंतिहार कप फुटबल  कार्तिक १८ गतेबाट शुरु हुने

गोकर्णेश्वर खबर१३ कार्तिक २०८०, सोमबार ०७:४९ मा प्रकाशित (६ महिना अघि) २५० पाठक संख्या

१३, कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग मुलखर्क युवा क्लबको आयोजनामा मुलखर्क दशैंतिहार कप फुटबल कार्तिक १८ गतेबाट शुरु हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा १ स्थित मुलखर्कको बाघमारा खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख सहित शिल्ड, मेडल पाउने छन् भने द्वितिय हुने टिमले नगद रु ५० हजारसहित, शिल्ड र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिता हुने ईच्छुक टिमले क्लबका अध्यक्ष तिर्थ बहादुर तामाङलाई 9823046789 नम्बरमा र सचिव सुरेश गुरुङलाई 9810078948 नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।