आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

हमासको आक्रमणमा परी निधन भएका नेपालीको शव काठमाडौं ल्याइयो,परराष्ट्रमन्त्रीले दिए श्रद्धाञ्जली

गोकर्णेश्वर खबर५ कार्तिक २०८०, आईतवार १४:०७ मा प्रकाशित (६ महिना अघि) १७१ पाठक संख्या

काठमाडौं । दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका तीनजना नेपाली विद्यार्थीको शव आइतबार काठमाडौं ल्याइएको छ।

नारायणप्रसाद न्यौपानेको शव मध्यराति नै काठमाडौं ल्याइएको थियो। लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको शव आइतबार बिहान आइपुगेको हो।

नेपाली विद्यार्थीहरूको शवलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरले श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेपाल आइपुगेकोमध्ये न्यौपानको शव शनिबार राति नै त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो। आइतबार बिहान आइपुगेको धामी र विष्टको शवमा मन्त्री साउद, राजदूत गदर, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरूले श्रद्धाञ्जली अर्पण गरेका हुन्।

आशिष चौधरीको शव आइपुग्न बाँकी रहेको र चारै जनाको शव आइपुगेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

पोष्टमार्टमपछि चारै जनाको शव आजै धनगढी लैजाने तयारी गरिएको छ।