आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

काभ्रेको चौरीदेउरालीमा फुटबल प्रतियोगिता,प्रथमले पाउँने छन् ५० हजार नगद पुरस्कार

गोकर्णेश्वर खबर४ कार्तिक २०८०, शनिबार १०:४६ मा प्रकाशित (६ महिना अघि) १६० पाठक संख्या

काभ्रे । चौरीदेउरालीमा सेभेन एसाइड फुटबल प्रतियोगिता शुरु भएको छ ।

चौरीदेउराली् मल्टी एड युथ क्लवको आयोजनामा कार्तिक २ देखि ४ गतेसम्म नकआउटका आधारमा खेलाइने सेभेन एसाइड खुल्ला फुटबल प्रतियोगितामा
शूरु भएको हो ।

प्रतियोगितामा ११ टिमले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष सन्देश हुमागाईले जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

वाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामाले प्रतियोगिताको उद्धघाटन गरे । मन्त्री लामाले खेल क्षेत्रलाई सबै तहका सरकारले लगानी र संरक्षण गर्नुपर्ने बताए । खेलले अनुशासन र गतिशिलता पैदा गर्ने भन्दै शारिरीक सुगठन र मानसिक विकासमा पनि सहयोग पुग्ने विचार व्यक्त गरे ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले चौरीदेउरालीमा खेलकुद क्षेत्रले फड्को मार्दै गएको भन्दै युवाहरुको विदेश पलायन रोक्न सक्नुपर्ने बताए ।

कार्यक्रममा चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई, भुम्लु गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ दावा, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष इश्वरी ओझा, चौरीदेउराली वडा नं ४ का अध्यक्ष रामप्रसाद चौलागाई, ५ का वडाअध्क्ष कृष्ण्णप्रसाद गौतम, वडा नं ६ का अध्यक्ष किशोर गिरी, वडा नं ४ का पूर्व वडाअध्यक्ष सुरेशकुमार लामा, प्रभा बहुमुखी क्याम्पसका प्रमुख सुदर्शन गौतम, प्रभा एल्मुनाइ एशोसिएसनका अध्यक्ष गोकूल गौतम लगायतले खेल क्षेत्रबारे चर्चा गरेका थिए ।