आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

तामाङ चलचित्रमा योगदान पुर्याउने नायिक तथा निर्माता चादनी लामा सम्मानीत

गोकर्णेश्वर खबर४ कार्तिक २०८०, शनिबार १०:१९ मा प्रकाशित (६ महिना अघि) १५१ पाठक संख्या

काठमाडौं । नायिका तथा निमार्ता चादनी लामा सम्मानीत भएकी छन् ।

तामाङ चलचित्र संघ बागमती प्रदेशको प्रथम वार्षिक साधारणसभाको अवसरमा सामाजिक कार्यदेखि तामाङ चलचित्र क्षेत्रमा योगदान दिदै आएकी लामालाई समान्नीत गरिएको हो ।

सरल रेखाकी अध्यक्ष समेत रहेकी चादनीले तामाङ चलचित्र लगायत सामाजिक कार्य समेत उल्लेख भूमिका खेलेको भन्दै चलचित्र संघले सम्मान गरेको हो

नेपाल चलचित्र विकास बोर्ड चाबहिलको हलमा प्रतिनिधिसभा सदस्य एवम् पुर्व उर्जाराज्य मन्त्री सुर्यमान दोङको प्रमुख आतिथ्यमा कला साहित्य, पत्रकार, खेल, राष्ट्र सेवक लगायतका विधामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका छन् ।

पहिलो तामाङ गायक चन्द्रकुमार मोक्तान, वरिष्ठ गायक यम बराल,तामाङ चलचित्रको महानायक अमिर दोङ, तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन,रेसलिङ खेलाडी मुना श्रेष्ठ,पहिलो तामाङ र्यापार उतर लामा, चर्चित गीतकार कुमार स्याङ्बा, गायिका जितु लोप्चन, संगीतकार जोगलाल लामा, पत्रकार सुदिन दोङ, नायिका निशा घलान, नायक तुल्साङ मोक्तान, कलाकार कुइसङ रुम्बा, रितुराज पाख्रिन लगायत २४ विधामा सम्मानित भएका थिए।

प्रमुख अतिथि सांसद दोङले समाज परिवर्तनको प्रमुख आधार कला साहित्य भएको कारण कलाकारहरुलाई राज्यले संरक्षण गर्नुपर्ने बताए । उनले थप भने ‘हजारौं प्रशिक्षणबाट प्रशिक्षित हुन नसकेका जनता एउटा गीतले परिवर्तन हुनसक्छ । तामाङहरु आज यतिसम्म चेतनशिल हुनुको पछाडि तामाङ गीत संगीत र चलचित्रको ठूलो देन रहेको छ ।’

‘ सदनमा छिट्टै चलचित्र विधेयक आउदैछ, यसमा कलाकारहरुको हक हित र अधिकारको लागि के कस्तो कानुन बनाउनु पर्छ, तामाङ चलचित्र संघको साथीहरूसंग समन्वय गरेर अगाडि बढ्नेछु’ सांसद दोङले बताए ।

कार्यक्रमबाट ८५ जना सम्मान कलाकारहरुलाई कदरपत्र द्वारा सम्मान गरेको छ भने ७० जना नव कलाकारहरुलाई प्रोत्साहन स्वरुप मायाको चिनोद्वारा सम्मान गरेका छन् ।

लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, पुर्ब पर्यटन राज्यमन्त्री पर्शुराम तामाङ, पुर्ब पर्यटन मन्त्री सुशील मान सेर्चन,बरिस्ठ संगीतकार तथा अतिरिक्त महानिरीक्षक टेक तामाङ, बरिस्ठ संगीतकार चन्द्र कुमार मोक्तान, राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय अध्यक्ष बिक्रम जङ्ग शाह, राष्ट्रिय संगीत कर्मी संघ केन्द्रिय बरिस्ठ उपाध्यक्ष प्रकाश कटुवाल लगायतका व्यक्तित्वहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

विविध साँस्कृतिक प्रस्तुत सहित सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाइबा र संचालन नायिका सुनिता लुङ्बाले गरेकि थिइन ।