आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

बझाङमा फेरि गयो भूकम्प

गोकर्णेश्वर खबर२ कार्तिक २०८०, बिहीबार ०८:०१ मा प्रकाशित (६ महिना अघि) १७६ पाठक संख्या

काठमाडौं । बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। गएराति १०ः०३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

गत असोज १६ गते दिउँसो ३ः०६ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो। २१ जना घाइते बनेका थिए। यस्तै ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको थियो। ३ हजार ५ सय २४ घरमा समान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

उनका अनुसार १ सय २३ सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ। १ सय ५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। जलविद्युत आयोजना लगायतका अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ।

अझै क्षतिको तथ्यांक संकलनको काम जारी रहेको र केही तथ्यांक संकलन भएर प्रशासनका आइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।

त्यसयता ४ म्याग्निच्युडभन्दा माथिका १७ परकम्प गएका छन्।