आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

मभन्दा ठूलो व्यंग्यकार केपी ओली हुन् : अभिनेता दीपकराज गिरी

गोकर्णेश्वर खबर३० आश्विन २०८०, मंगलवार १६:२२ मा प्रकाशित (६ महिना अघि) १९२ पाठक संख्या

काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता गिरीले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट टाढा बस्नै नसक्ने बताए । उनले धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली समायानुकूल आफूलाई परिवर्तन गर्न सक्ने क्षमताको नेता भएको बताए ।

‘धेरै नेताहरूले आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु । तर, केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन हुँदै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रूपमा भेट्दा पनि राम्रो लाग्छ । आफूलाई समयानुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ’, उनले भने, ‘हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दा पनि ठूलो हास्यव्यंग्यकर्मी केपी ओली हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’

अभिनेता गिरीले अध्यक्ष ओली आफूभन्दा पनि बढी व्यंग्यकार भएको बताए ।