आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

चाडपर्वलाई लक्षित गर्दै माकलबारीमा शान्ति सुरक्षा तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम

गोकर्णेश्वर खबर२८ आश्विन २०८०, आईतवार १८:५४ मा प्रकाशित (६ महिना अघि) २६७ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वरको माकलबारीमा शान्ति सुरक्षा तथा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।

चाडपर्वका बेला हुने चोरी डकैती,ट्राफिक नियम तथा लागुऔषध सम्बन्धी सचेतना बढाउँने उदेश्य अनुरुप माकलबारी टोल सुधार समिति,प्रगति महिला समुह, सामुदायिक प्रहरी साझेदारी सेवा केन्द्र, जेष्ठ नागरिक समाज, लक्ष्मी नारायण महिला समुह, मुत्तिनाथ महिला समूहले संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरेको हुन ।

चाडपर्वका बेला हुने सवारी दुर्घटना,चोरी चकारी,लागुऔषध सेवन लगायतका कार्य बढ्ने हुँदा यस्ता घटना निरुत्साहित गराउन विभिन्न संघसंस्था र प्रहरी सक्रिय भएको हो ।

कार्यक्रममा वक्ताहरुले शान्ती सुरक्षामा प्रहरीलाई सहयोग गर्दै आफ्नो समूदायमा हुने घटना तथा क्रियाकलापको निगरानी राख्न प्रत्येक नागरिकको कर्तव्य भएको बताएका थिए । कानूनले बर्जीत गरेका क्रियाकलाप तथा आपराधिक घटना हुन नदिन नागरिक तथा संस्था एक हुनुपर्नैमा जोड दिइएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, वडा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा ८ का वडा सदस्य सुमन लामा, चन्द्रलाल श्रेष्ठ, मकलबारी टोल सुधार समितिका अध्यक्ष तथा समाजसेवी पेमा छिरि शेर्पा, भवानी प्रसाद पौडेल, लगायत विभिन्न महिला समूहका प्रतिनिधि तथा संघसंस्थाका प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।