आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

दसैँलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला,बसपार्कमा घुइँचो

गोकर्णेश्वर खबर२२ आश्विन २०८०, सोमबार ०९:५३ मा प्रकाशित (६ महिना अघि) १४२ पाठक संख्या

काठमाडौं । दसैँलक्षित सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कमा बिहानैदेखि टिकट बुकिङ गर्नेहरूको घुइँचो छ ।

घटस्थापना सुरु हुनुभन्दा ५ दिनअघि मात्रै टिकट बुकिङका लागि सबेरै मानिसहरू बसपार्क पुगेका हुन् ।

दसैँका समयमा काठमाडौं उपत्यका र उपत्यका बाहिरबाट पनि एउटा जिल्लाबाट अर्को जिल्लामा धेरै यात्रु जाने गरेका छन् । ट्राफिक प्रहरीले पनि चाडपर्वलाई लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको जनाएको छ ।