आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

चाडपर्वलाई लक्षित गर्दै गोकर्णेश्वरमा शान्ति,सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई

गोकर्णेश्वर खबर१८ आश्विन २०८०, बिहीबार १८:३५ मा प्रकाशित (७ महिना अघि) ९० पाठक संख्या

काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै गोकर्णेश्वर नगरपालिकाले शान्ति, सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा ४, ८, ९ एवं सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी तथा प्रहरी वृत्त बौद्धको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।

नजिकिँदै गरेको चाडपर्व दशैँ,तिहार तथा छठ पर्वलाई लक्षित गर्दै वडा वासिहरूको राय सहित अगाडि बढ्ने हिसावले विविध विषयमा सार्वजनिक सुनुवाइ गरिएको गोकर्णश्वर मेयर दिपक रिसालले जानकारी दिए । चाडपर्वको समयमा शान्ती सुरक्षाका हिसावले अति संवेदशिल रहने हुँदा स्थानियहरुको राय र सुझाव बमोजिम अगाडी बढ्दा शान्ती सुरक्षा प्रभावकारी हुने भन्दै यस्तो कार्यक्रम तय गरिएको बताए ।

कार्यक्रममा प्रहरी वृत्त बौद्धका डिएसपी राजु पाण्डेले, विविध विषयमा चाडपर्व लक्षित बजार व्यवस्थापन तथा ठगि गर्नेहरूलाई कार्वाही गर्ने बताए । उनले पुलिस मेन रोडमा होइन गल्लि गल्लिमा पुगेर त्यहाँका समस्या समाधान गर्न बताए ।

त्यस्तै, गोनपाका उप मेयर सान्नानि लामाले नगरपालिका र प्रहरी सँगसँगै जनताको माझमा समझदारी गर्दै अगाडि बढेको बताईन ।