आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

समृद्धिको एक आयाम सरसफाई

गोकर्णेश्वर खबर१५ आश्विन २०८०, सोमबार २२:१० मा प्रकाशित (७ महिना अघि) ३४७ पाठक संख्या

– चुण्डी लामा (गोकर्णेश्वर -९,  काठमाडौं)

कुनै पनि निश्चित वस्तु वा कार्य निश्चित स्थान, स्वरुप वा समयमा नहुनुलाई फोहोर मान्न सकिन्छ । उदाहरणको लागि एउटा झोलामा राखिएको चामल फोहोर मानिदैन भने जब त्यही चामल सडकमा पोखिन्छ तब त्यसलाई फोहोर मानिन्छ । यस उदाहरणमा निश्चित वस्तुको स्थानमा परिवर्तन आउ“दा त्यही सफा मानिने वस्तु फोहोर हुन पुग्यो । यसरी नै कुनै वस्तु जस्तैः एउटा सिसाको बोतल जबसम्म पूर्ण स्वरुपमा रहन्छ, तबसम्म त्यो फोहोर मानिदैन र उपयोगमा ल्याइन्छ । तर जब त्यही सिसाको बोतललाई टुक्रयाइ स्वरुपमा परिवर्तन ल्याइन्छ भने त्यही बोतललाई अब फोहोरको रुपमा लिइन्छ । यसरी कुनै निश्चित वस्तुमा हुने स्वरुपको परिवर्तनले पनि फोहोर सिर्जना गर्दछ । सोही प्रकारले कुनै निश्चित कार्य निश्चित समयमा नहुनुले पनि फोहोर सिर्जना गर्दछ । फोहोरलाई अंग्रेजीमा Waste  अर्थात खेर शब्दले जनाउ“दछ । शाब्दिक हिसाबले नेपाली फोहोरमैलालाई जनाउने अंग्रेजी शब्द waste ले धेरै नै बृहत्तर अर्थ दिन्छ । यसर्थमा यदि सहि रुपमा उपयोग नगरिएको खण्डमा कुनै पनि वस्तु वा कार्य फोहोरमैला वा खेर हुने देखिन्छ ।

नेपालको सन्दर्भमा त झन यो खेर अर्थात फोहोरको समस्या विकराल बन्दै गएको छ । यत्रतत्र खेर÷फोहोर सर्वत्र । सडकदेखि सदनसम्म केवल फोहोर नै फोहोर । आम–जनता खेररुपी फोहोरको डङ्गुरले घेरि“दै जा“दा समाजमा नकारात्मक प्रभावहरु सिर्जना भइरहेको छ । उर्जाशिल युवा शक्तिहरु दिनानुदिन फोहोरमा परिणत भइरहेको छ । कोही सडकमा फोहारिरहेका छन् , कोही सदनमा फोहोरिरहेका छन् । कोही नशामा फोहोरिरहेका छन् त कोही जेल तथा हतकडी र नेलमा फोहोरिरहेका छन् । भौतिकरुपमा त नेपालका शहरहरु प्रदूषितको सूचीमा निक्कै नै फड्को मारेर पहिलो स्थानमा पुग्ने जमर्काेमा रहेका छन् । यस्तै अवस्था रहिरहे सामाजिक रुपमा पनि नेपालले प्रदूषित देशको पहिलो स्थान हासिल नगर्ला भन्न सकिदैन ।

के शहरका, के गाउ“–घर सबै धुलोमैलो र फोहोरमा लतपतिएका छन् । शरिरका अंग–प्रत्यांगदेखि लिएर शरिरमा भएका वस्त्रहरु सम्पूर्ण फोहोरिएका छन् । घर, घरका सामान, गाडी, साइकल, मोटरसाइकल, जुत्ता, मोजा, चप्पल केही फोहोरिन बा“की छैन । हरेक प्रकारका निर्माण सामाग्रीहरु पनि यत्रतत्र फोहोरिरहेका छन् । यसरी हरेक वस्तुहरु फोहोरिन पुग्दा देशले ठूलो आर्थिक क्षति ब्यहोर्नु परिरहेको छ । शरीर फोहोर हु“दा नुहाउनु पर्छ । घर, गाडी, साइकल, मोटरसाइकल, लत्ताकपडा आदि फोहोर हु“दा सफा गर्नु पर्छ । रोग लाग्दा उपचार गर्नु पर्छ । फोहोरको कारणले एकातिर समय खेर हुन्छ भने अर्कोतिर धन । मानौ, धुलोमैलो र फोहोरको कारणले गरिने उल्लेखित कार्यहरु गर्नलाई प्रति व्यक्ति दैनिक औषत रु.५ लागेको खण्डमा २ करोड ५० लाख मात्र नेपालीको गणना गर्ने हो भने पनि वार्षिक रु.४५ अर्व (५*२५००००००*३०*१२) व्यय हुने देखिन्छ । हुनत सफा मानिने देशहरुमा पनि यी आर्थिक व्यय हुन्छन् । तर हाम्रो जस्तो मुलुकको तुलनामा ज्यादै न्यून हुन्छ जसले गर्दा सफा देशहरुमा धुलोमैलो र फोहोरको कारणले गर्दा हुने आर्थिक व्यय घट्न जान्छ र त्यो रकम बचतको रुपमा रहन्छ । यसले पनि धनि र गरिब देश बिचको आर्थिक असमानताको खाडल झन बढाउने सम्भावना रहन्छ ।

नेपालको वातावरणमा मानिसका हरेक इन्द्रियहरुले केवल धुलोमैलो र फोहोर मात्र ग्रहण पाइरहेका छन् । देख्ने, सुन्ने, सुङग्ने आदि हरेकमा फोहोर मात्र । जब इन्द्रियहरुबाट प्रवेश गरिने हरेक अवयवहरु फोहोरमय हुन्छ भने त्यसबाट निस्कने परिणाम सफा होला भन्ने कल्पना गर्नु निरर्थक हुन्छ । इन्पुट अनुसारको आउटपुट हुनु स्वाभाविक हो । प्रायः सबै नेपालीमा फोहोरी मानसिकताको विकास ह“ुदै जानुको एउटा कारण यसलाई पनि मान्न सकिन्छ ।

बढ्दो शहरीकारण, अवैज्ञानिक र अव्यवस्थित फोहोरमैला व्यवस्थापन प्रक्रियाको कारणले खोला तथा नदीनालाहरु दुषित हु“दै गइरहेको छ जसको परिणाम स्वरुप काठमाडौ जस्तो नदीले भरिएको स्थानमा समेत पानीको चरम अभाव खेप्न बाध्य भएका छन् र यो क्रम बढ्दो रुपमा छ । शहरी क्षेत्रका नदीनालाहरु नालीमा परिणत हु“दै छन् । नदीका किनारमा पुग्दा जो कसैलाई आनन्द महसुस हुनु पर्ने हो । तर दुर्गन्धले टिक्नै नसक्ने अवस्था भएको छ । यसरी नेपालमा प्राणरुपी जल समेत फोहोरको रुपमा खेर गइरहेको छ ।

सफा र स्वच्छता विकासको एक मापक पनि हो । समृद्ध नेपाल गन्तव्य प्राप्तिको लागि सर्वप्रथम सफा र स्वच्छ नेपालको पथ अङ्गाल्नु नितान्त जरुरी छ । सफा र स्वच्छता विनाको समृद्धिको कल्पना गर्नु एक दिवा सपना हो । धार्मिक दृष्टिकोणबाट हेर्दा पनि सफा र स्वच्छ वातावरणमा नै ईश्वरको वास हुने भनिन्छ । सफा र स्वच्छ वातावरण नभए लाखौ“ मन्दिरहरु भए पनि त्यहा“ ईश्वरको वास होला भन्न सकिन्न र धनकी देवी लक्ष्मीको त झन वास हुने कुनै आधार नै हुदैन । लक्ष्मीको वास नभइ समृद्ध नेपालको सपना सँकार होला त ?

अब ढिला नगरी वागमति लगायतका प्रदूषित भइसकेका नदीहरुलाई पूनर्जीवन प्रदान गर्दै अन्य नदीहरुलाई वर्तमान अवस्थाको वागमतीकरण हुनबाट जोगाउनु सबै नागरिकले आÏनो मौलिक कर्तव्य सम्झिनु जरुरी छ । नेपाललाई सफा र स्वच्छ वातावरण निर्माण गर्दै समृद्ध बनाउनको लागि सम्पूर्ण नेपालीलाई देशमा फैलिरहेको धुलोमैलो तथा फोहोर, अंग्रेजीको अनुवादित शब्द खेरको उचित व्यवस्थापनमा संविधान–तह नै जिम्मेवारी भुमिका सिर्जना गर्नु पर्दछ जसको लागि नेपालको संविधान(२०७२ को भाग(३ को नागरिकका मौलिक हक र कर्तव्यको धारा(४८ को उपधारा–ङ मा ‘फोहोरमैलाको उचित व्यवस्थापन गर्नु’ भन्ने वाक्यांश उल्लेख गरिएको खण्डमा फोहोरमैला व्यवस्थापन ऐन–२०६८ ले पूर्णता पाउने छ । यसका साथै सो ऐनमा पनि फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्य गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले अनिवार्य रुपमा फोहोरमैलाको वर्गीकृत संकलन तालिका उपलब्ध गराउनु पर्ने कुरा उल्लेख गर्दै केन्द्रिय स्तरबाटै स्वच्छ नेपाल अभियानको नितिगत थालनी गरी सरसफाई सम्बन्धी कार्यक्रमहरुमा विशेष जोड दिनु अत्यन्त जरुरी छ ।