आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

गोकर्णेश्वर खबर१४ आश्विन २०८०, आईतवार २०:४६ मा प्रकाशित (७ महिना अघि) ६४ पाठक संख्या

काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

दाहालका अनुसार हिरासत अवधि अनमोल पक्राउ परेको दिन शुक्रबारदेखि कै गणना हुने छ ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।