आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

ज्येष्ठ नागरिकलाई लौरो वितरण

गोकर्णेश्वर खबर१४ आश्विन २०८०, आईतवार १९:४८ मा प्रकाशित (७ महिना अघि) १९१ पाठक संख्या

ज्येष्ठ नागरिकहरुको साहाराको रुपमा टेक्ने लौरो (लट्ठी) वितरण गरेको छ।

गोकर्णेश्वर ५ मा रहोको जोरपाटी ज्येष्ठ नागरिक समाजको आयोजनामा ३३ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा टेक्ने लौरो (लट्ठी) वितरण गरिएको नगर प्रवक्त तथा वडा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिए।

सविक जोरपाटी गा(वि.सा वडा ५,६,७,८ र ९ का वडाभरी रहेका ज्येष्ठ नागरिकहरुलाई हिँडडुल गर्न सहाराका लागि लौरो वितरण गरिएको उनले उनले बताए।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा अर्थ समिति सभापति माननीय सन्तोष चालिसे, विशेष अतिथि माननीय शान्ति श्रेष्ठ , गोकर्णेश्वर नगरपालिकाको कार्यबाहक नगर प्रमुख सान्नानी लामा,गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा ५ का वडा सदस्य कामला नेपाली , लक्ष्मी पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।