आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

अभिनेता अनमोल केसी साँगाबाट पक्राउ

गोकर्णेश्वर खबर१२ आश्विन २०८०, शुक्रबार २१:०४ मा प्रकाशित (७ महिना अघि) ५४ पाठक संख्या

काठमाडौं । अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।

जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले केसीले रावायण नामक फिल्म खेल्नका लागि १० लाख रुपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै उजुरी दिएकी थिइन्। उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी थिइन्।

‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौं,’एसएसपी राठौरेले भने,‘पटक पटक बोलाउँदा पनि केसी आउनुभएन। प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिनुभयो।’

केसी छलफलमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको राठौरले जानकारी दिए।