आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु

गोकर्णेश्वर खबर४ आश्विन २०८०, बिहीबार १८:४३ मा प्रकाशित (७ महिना अघि) १४७ पाठक संख्या

काठमाडौँ । विपदबाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा ३ दिने तालिम गोकर्णेश्वर नगरपालिकामा बिहिबार देखी सुरु भएको छ ।

प्राकृतिक प्रकोप तथा विपद पश्चात् जोखिममा परेकाहरुलाई कसरी उद्दार गर्न सकिन्छ र विपत जोखिम न्यूनीकरण कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धी सचेतना तथा नमूना अभ्यास गोकर्णेश्वर नगरपालिकाले वडा १ मा रहेको ओख्रनी मा.वि.मा तालिमको आयोजना गरेको हो ।