आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वर मन्दिरमा तीजको रौनक (फोटोफिचर)

गोकर्णेश्वर खबर१ आश्विन २०८०, सोमबार १२:२९ मा प्रकाशित (७ महिना अघि) १४३ पाठक संख्या

हरितालिका तीजको अवसरमा गोकर्णेश्वर मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा गोकर्णेश्वर मन्दिरमा पनि बिहानैदेखि पूजा तथा दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ। दर्शनार्थीहरुको सहजताका लागि मन्दिरका चारवटै ढोका खुला गरिएका छन्।
रातो, पँहेलो र हरियो पहिरनमा सजिएका महिलाहरु छुट्टा छुट्टै समूहमा नाचगान गरि तीज पर्व मनाइरहेका छन्।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वमा व्रत बसी शिवको पूजा गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । अविवाहित महिलाले राम्रो पति पाउने कामनासहित र विवाहित महिलाले परिवार र श्रीमानको दीर्घायू होस् भन्ने कामनासहित व्रत बसेर शिवको पूजा गर्ने चलन छ ।

हेर्नुस् तस्वीर :