आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

तिज नृत्य प्रतियोगितामा सहभागी हुन गोकर्णेश्वर नगरपालिका वडा ९ को सूचना

गोकर्णेश्वर खबर३० श्रावण २०८०, मंगलवार २०:०७ मा प्रकाशित (८ महिना अघि) ४२६ पाठक संख्या

विवाहित महिलाहरुको तिज नृत्य प्रतियोगितामा सहभागी हुन गोकर्णेश्वर नगरपालिका वडा ९ ले सूचना जारी गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं। ८ स्थित शिखर छहारी सांस्कृतिक कला केन्द्रले “जो नाच्छ, उ बढि बाँच्छ” भन्ने मुल नाराको साथ हरितालिका तिज पर्वको शुभ अवसरमा “पाँचौ उपत्यका व्यापि विवाहित महिलाहरुको समूहगत तिज नृत्य प्रतियोगिता – २०८०ू  आयोजना गर्न लागेको हुँदा यस वडाको प्रतिनिधित्व गर्दै उक्त कार्यक्रममा सहभागि हुन इच्छुक समुहले ७ दिन भित्र गोकर्णेश्वर नगरपालिका वडा नं। ९ को कार्यालयमा सम्पर्क गर्न वडावासीमा वडा अध्यक्ष राजिव थापाले अनुरोध गर्नु भएको छ ।