आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वर नगरपालिकाले विपन्न वर्गका किसानलाई बाख्रा वितरण (भिडियो)

गोकर्णेश्वर खबर२५ श्रावण २०८०, बिहीबार ०७:१० मा प्रकाशित (८ महिना अघि) २६९ पाठक संख्या

विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकाले बाख्रा वितरण गरेको छ । गोकर्णेश्वर–२ मा रहेको बाख्रापालन महिला समूहका किसानलाई बुधबार उन्नत जातको बाख्रा (माउ) वितरण गरिएको हो ।

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाका मेयर दिपक रिसालले बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।
नगरपालिकाको ५० लाख र संघीय सरकारको ४६ लाखको आर्थिक सहयोगमा जम्मा १ सय १२ ओटा बाख्रा एक जना महिलालाई चार ओटाका दरले वितरण गरिएको उहाँ बताउनुहुन्छ ।
भिडियो