आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

अविरल वर्षाका कारण मकालबारी सानो पुल अवरुद्ध

गोकर्णेश्वर खबर२३ श्रावण २०८०, मंगलवार १९:१४ मा प्रकाशित (९ महिना अघि) ७७ पाठक संख्या

अविरल वर्षाका कारण गोकर्णेश्वरको मकालबारीमा सानो पुल अवरुद्ध भएको छ । खोलमा आएको बाढीले गर्दा विहानदेखी जनजिवन प्रभावित बनेका छन् ।
अवरुद्ध हटाउन नेपाली सेना सुन्दरीजल विपद् व्यवस्थापन टोलीले पुलमा अडेकेको काठ, जाराहरु हटाएको हो।
पुलको निरिक्षण गर्न सांसद शान्ति श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा , वडा ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ , वडा ४ का वडा अध्यक्ष जयराम महत ,गोकर्णेश्वर नगरपालिका सुशासन समितिका सदस्य तथा वडा ८ का वडा सदस्य सुमन लामा , वडा सदस्य चन्दलाल श्रेष्ठ, नेपाली प्रहरी , गोकर्णेश्वर नगर प्रहरी लगयातको उपस्थिति रहेको थियो ।