आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

पूर्व कप्तान ज्ञानेन्द्रले लिए सन्न्यास

गोकर्णेश्वर खबर१९ श्रावण २०८०, शुक्रबार १५:४३ मा प्रकाशित (८ महिना अघि) १२६ पाठक संख्या

काठमाडौँ( नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई बिराम लगाउने र फरक यात्रा सुरु गर्ने निर्णय गरेको सुनाए । उनले मनमुटु भारी बनाएर आफूले सन्न्यासको घोषणा गरेको पनि उल्लेख गरे ।