आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै

गोकर्णेश्वर खबर१८ श्रावण २०८०, बिहीबार १८:२६ मा प्रकाशित (९ महिना अघि) ७० पाठक संख्या

चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सोमबारबाट हुने भएको छ । नेपाल स्क्वास र्याकेट्स संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै साउन १६ देखि २१ गतेसम्म आयोजना हुने जनाएको हो ।

धनलक्ष्मी महर्जन फाउन्डेसनको आयोजना हुन लागेको प्रतियोगितामा विभिन्न ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । ६ दिने प्रतियोगितामा पुरुष र महिला खुल्ला, मास्टर्स खुला पुरुष ५० वर्ष भन्दा माथि उमेर समूह र जुनियर छात्र खुला तथा प्लेट गरी पाँच विधामा प्रतिस्पर्धा हुने लागेको हो ।

स्क्वास संघका अध्यक्ष किशोर मर्हजनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा आयोजना हुने प्रतियोगितामा कूल एक लाख ३५ हजार पुरस्कार राशि रहेको छ । प्रतियोगितामा पुरुष तथा महिला खुला, मास्टर खुला पुरुष ५० वर्ष माथि, जुनियर ब्वाइज ओपन तथा प्लेट गरी पाँच विधामा खेलाइने संघले बताएको छ ।

जुनियर तर्फको उत्कृष्ट खेलाडीलाई संघले विशेष तालिम प्रदान गर्ने समेत जनाएका छ । प्रतियोगितामा एक सय बढीको सहभागिता हुने छ । प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ९ हजार प्राप्त गर्नेछन् भने महिलातर्फ १८ हजार, ११ हजार र ७ हजार प्राप्त गर्नेछन् । त्यस्तै जुनियरतर्फ १० हजार, ६ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।