आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

फिफा महिला विश्वकपमा आज चार खेल हुँदै

गोकर्णेश्वर खबर१६ श्रावण २०८०, मंगलवार ०८:०९ मा प्रकाशित (९ महिना अघि) ११६ पाठक संख्या

एजेन्सी । फिफा महिला विश्वकप फुटबलमा आज पनि चार वटा खेल हुने भएका छन् । समूह डी र ईका समूह चरणका खेल हुनेछन्।

समूह ई का खेलहरु नेपाली समय अनुसार अपरान्ह पौने १ बजे शुरु हुनेछ । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स आमने सामने हुनेछन् । यस्तै समूह डीका खेलहरु पौने ४ बजे शुरु हुनेछन् ।

चीन र इंग्ल्याण्ड तथा हाइटी र डेनमार्क भिड्नेछन् । इंग्ल्याण्ड लगातार दोस्रो जितका साथ अन्तिम १६ मा प्रवेश गरिसकेको टिम हो भने चीनलाई अन्तिम १६ मा प्रवेश गर्नका लागि जित निकाल्नु पर्नेछ ।

तर, अर्को खेलमा डेनमार्क र हाइटीको नतिजा पनि कुनुपर्नेछ । डेनमार्कले फराकिलो अन्तरले जित निकालेमा चीन समूह चरणबाटै बाहिर पनि हुनेछ ।