आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

बिमल ठकुरीले २ लाख १४ हजार ९ सय ५० चुनावी खर्च विवरण सार्वजनिक गरे

गोकर्णेश्वर खबर१० श्रावण २०८०, बुधबार १६:२० मा प्रकाशित (९ महिना अघि) ९९२ पाठक संख्या

साउन १०, काठमाडौं । काठमाडौं–३ (२) बाट बागमती प्रदेश सभा प्रदेश सदस्यमा निर्वाचित नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवार बिमल ठकुरीले चुनावमा २ लाख १४ हजार ९ सय पचास रुपैयाँ खर्च गरेको विवरण बुझाएका छन् ।

उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च कार्यकर्ता परिचालन र सवारीमा ५० हजार रुपैयाँ भएको उल्लेख छ ।

त्यस्तै सवारी साधन तेल खर्च ५० हजार , खाना खर्च ४९ हजार ९ सय ५० , दुवानी खर्च ५ हजार , प्रचार प्रसारमा ३० हजार, कार्यालय संचालनमा २० हजार, विद्युतिय मध्यम १० हजार खर्च भएको विवरण सार्बजनिक गरेका छन् ।