आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

एसिया कपको तयारी : नेपालले आज श्रीलंकासँग अभ्यास खेल खेल्ने

गोकर्णेश्वर खबर१० श्रावण २०८०, बुधबार ०८:४२ मा प्रकाशित (९ महिना अघि) १७८ पाठक संख्या

काठमाडौँ– एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपाली टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १० बजे श्रीलंकाको घरेलु मैदान ब्लूमफिल्डमा हुनेछ ।
नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ । बाँकी तीन खेल कुन टोली र कहिले खेल्ने क्यानले जानकारी दिएको छैन । एसिया कपको तयारीमा रहेको नेपालले सबै ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाली खेलाडीलाई श्रीलंकाको वातावरणमा घुलमिल हुन यो राम्रो अवसर हुनेछ ।

नेपाल र पाकिस्तानबीचको खेल भदौ १३ ९अगष्ट ३०० मा मुल्तानमा हुनेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौ १८ गते ९सेप्टेम्बर ४० मा हुनेछ ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हरेक समूहको शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।