आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर नगरपालिका र नेपाल अपांग संघ-नेपाल अर्थोपेडिक अस्पतालबीच सम्झौता, कुन सेवाका कति छुट (पत्रसहित)

गोकर्णेश्वर खबर८ श्रावण २०८०, सोमबार १५:११ मा प्रकाशित (९ महिना अघि) ५५० पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र नेपाल अपांग संघ( नेपाल अर्थोपेडिक अस्पताल बीच नागरिकलाई दिने स्वास्थ्यो उपचार सम्वन्धमा द्विपक्षिय सम्झौता भएको छ ।

आज एक कार्यक्रमकाबीच नगर प्रमुख दिपक रिसाल , नगर उपप्रमुख सान्नानी लामा र नेपाल अपांग संघ=नेपाल अर्थोपेडिक अस्पतालका प्रबन्ध निर्देशक डा. कैलाश कुमार भण्डारी बीच सम्झौता पत्र हस्तान्तरण भएको हो । सम्झौता पत्रमा विभिन्न बुँदा समावेश गरिएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर नगरपालिका प्रशाशसकिय अघिकृत बैकुण्ठ प्रसाद सापकोटा र अस्पतालका तर्फबाट निर्देशक डा. कैलाश कुमार भण्डारीले  गरेका छन् भने नगरपालिका तर्फको साक्षीका रुपमा गोनपा मेयर दिपक रिसाल,उपमेयर सान्नानी लामा रहेका छन् । त्यस्तै अस्पतालको तर्फबाट साक्षीका रुपमा अस्पतालको प्रमुख प्रशाशकिय अधिकृत श्याम प्रसाद रुपाखती र साम्देन लामा रहेका छन् ।

सम्झौता कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं.६ का वडा अध्यक्ष लवराज लामा लगयातको उपस्थिति रहेको थियो ।

कुन सेवाका कति छुट (पत्रसहित)