आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदै

गोकर्णेश्वर खबर८ श्रावण २०८०, सोमबार १०:२६ मा प्रकाशित (९ महिना अघि) ९३ पाठक संख्या

एजेन्सी । महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । पहिलो खेलमा आज इटाली र अर्जेन्टिना भिड्दै छन्। यी दुई बीचको खेल विहान ११ बजेर ४५ मिनेटमा न्यूजिल्यान्डको इडन पार्कमा हुनेछ ।

समूह जीमा रहेका यी दुई टोलीबीच समूह चरणमा पहिलो खेल खेल्न लागेका हुन् । यसअघि हिजो भएको यही समूहको खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई पराजित गर्दै महत्वपुर्ण ३ अक बटुलेको छ । आजै हुने अर्को खेलमा जर्मनीले मोरक्कोसँग खेल्दैछ ।

अष्ट्रेलियाको मेलबर्नमा हुने खेल नेपाली समय अनुसार सवा २ बजे हुनेछ। उपाधि दाबेदार जर्मनीले पहिलो खेल खेल्न लागेको हो । समूह एचमा रहेका यी दुई टोली सँगै कोलम्बिया र दक्षिण कोरिया छन् । सोमबार हुने अन्तिम खेलमा ब्राजिलले पानमासँग खेल्नेछ । अस्ट्रेलियामै हुने यी दुई बीचको खेल दिउँसो ४ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

समूह एफमा रहेका यी दुई टोलीको अलावा फ्रान्स र जमैका रहेका छन्। आइतबार भएको खेलमा फ्रान्सलाई जमैकाले गोलरहित बराबरीमा रोकेको थियो।