आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर नगरपालिका र शंखरापुर अस्पतालबीच उपचार सम्झौता,नगरबासीलाई ५० प्रतिशत सम्म छुट

गोकर्णेश्वर खबर४ श्रावण २०८०, बिहीबार १५:३८ मा प्रकाशित (९ महिना अघि) ३९९ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगरबासीलाई दिने स्वास्थ्यो उपचार सम्वन्धमा एक पछि अर्को निर्णयलाई तिव्रता दिएको छ । गोकर्णेश्वर नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारमा सहज र सर्वसुलभ बनाउँन विभिन्न अस्पतालसँग सम्झौताको कार्यलाई तिव्रता दिएको हो ।

केही दिन अघि मात्र नेपाल मेडिकल कलेजसँग नागरिकलाई दिने स्वास्थ्यो उपचार सम्वन्धमा द्विपक्षिय सम्झौता गरेको गोकर्णेश्वरले हप्ता दिन भित्रै जोरपाटी नारायणटारमा रहेको शंखरापुर अस्पतालबीच पनि उपचारको सम्झौता गरेको गोकर्णेश्वर नगरपालिका उपमेयर सान्नानी लामाले जानकारी दिईन ।

उनका अनुसार नगरबासीले शंखरपूर अस्पतालमा उपचार गर्दा ५० प्रतिशत सम्म छुट पाउँने भएका छन् । उपमेयर लामाले नगरबासीहरुलाई स्वास्थ्य उपचारमा पहुँच पुर्याउँन आफूहरुले स्वास्थ्यको कार्यलाई तिव्रता दिएको बताईन । ‘कोही जनता उपचार नपाएर र आर्थिक अवस्था कमजोर भयो भन्दैमा रोग पालेर बस्न नपरोस् ,उपचार नपाएकै कारण ज्यान जाने परिस्थीती नआओस् भन्ने हेतुले हामीहरुले विभिन्न निर्णय र सम्झौताका कार्यलाई अगाडी सारेका छौं ‘ मेयर लामाले भनिन् ‘नागरिकले छुट पाउँने सवालमा अस्पतालले ३० प्रतिशत र नगरपालिकाले २० प्रतिशत उपलब्ध गराउँने गरी ५० प्रतिशत छुट गराउँन लागिएको हो  । जनताको लागि काम गर्न आएका हामी जनताको सेवा र जनताको भलाई कसरी हुन्छ त्यसैमा हाम्रा कार्य अगाडी बढेका छन् ।’

गोनपा मेयर दिपक रिसालले नगरपालिकाको लक्ष र उदेश्यलाई अस्पतालले पनि साथ दिएको बताए । उनले नगरबासीको स्वास्थ्य सम्बन्धमा उपचारबाट कोही बञ्चीत हुननपरोस र सबै नगरवासीले सहज र सर्वसुलभ तवरमा उपचार पाउँन भन्ने आफूहरुको लक्षलाई अस्पताल प्रशासनले साथ दिएको भन्दै खुशि व्यक्त गरे ।

उनले स्वास्थ्य जस्तो संवेदनसिल कुरामा नगरपालिका गम्भीर रहेको बताए । ‘स्वास्थ्यको कुरामा हामी गम्भीर छौं । सही समयमा सहि उपचार नपाउँदा ज्यान नै तलमाथी हुने परिस्थीतीको अन्त्य होस् भन्ने हाम्रो चाहाना हो । सोही अनुरुप गोकर्णेश्वरवासीलाई हामीहरुको क्षमताले भ्याएसम्म उहाँहरुको पक्षमा कार्य गर्नेछौं ‘ मेयर रिसालले भने

बिहिबार एक कार्यक्रमबाबीच नगरपालिका प्रमुख दिपक रिसाल, उपप्रमुख सान्नानी लामा र शंखरापूर अस्पतालका निर्देशक रमेश ढकालबीच सम्झौता पत्र आदान प्रदान भएको हो । सम्झौता यस्तो रहेको छ ।

१. गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण स्थायी बासिन्दाहरुको बिरामी भइ उपचार गर्नु परेमा
> बिरामीले ५०% मात्र व्यहोर्नु पर्नेछ ।
>अस्पतालले कुल खर्चमा ३०% छुट गर्ने छ ।
>नगरपालिकाले २० % अस्पताललाई उपलब्ध गराउने छ ।
> बिरामीलाइ लाग्ने औषधि बिरामी आफैले व्यहोर्नु पर्नेछ ।
उल्लेखित छुट बार्षिक १ लाख सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ । 
> माथि उल्लेखित सेवा लिन गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुनु पर्नेछ ।