आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरले चलायो डोजर

गोकर्णेश्वर खबर३ श्रावण २०८०, बुधबार १५:५६ मा प्रकाशित (९ महिना अघि) २०५ पाठक संख्या

काठमाडौँ । अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर सेवा सदन चलाएको भन्दै महानगरले खाली गराउन नगर प्रहरीसहित डोजर चलाएको हो।

नगरप्रहरीले तीन दिनअघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएको थियो।

तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगर प्रहरीले बुधबार डोजर चलाएर भत्काएको हो।