आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

फिल्म निर्देशक गिरीले दिए विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध उजुरी

गोकर्णेश्वर खबर२७ असार २०८०, बुधबार १८:०८ मा प्रकाशित (९ महिना अघि) ३०६ पाठक संख्या

काठमाडौं । फिल्म निर्देशक राजु गिरीले टेलिभिजन कार्यक्रमका होस्टहरु विशाल भण्डारी र विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् ।

भण्डारी र अग्रवालले सञ्चालन गर्ने टिभी कार्यक्रमले आफ्नो बौद्धिक सम्पत्तिमा धावा बोलेको, हैरानी दिएको भन्दै गिरीले आफ्नो जीउधनको सुरक्षाको माग गर्दै उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालयले गिरीले दर्ता गरेको उक्त उजुरीलाई जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको छ ।

विशाल भण्डारीले होस्ट गर्ने टिभी कार्यक्रम कमेडी क्लब विथ च्याम्पियनको भाग ६९ मा आफ्नो मानमर्दन हुने गरी सामग्री प्रसारण गरिएको गिरीले उल्लेख गरेका छन् ।