आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

गोकर्णेश्वर खबर२१ असार २०८०, बिहीबार २३:१५ मा प्रकाशित (१0 महिना अघि) १०१ पाठक संख्या

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए ।