आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोनपा-१ मा भएका विकास निमार्णको निरिक्षण तथा अनुगमनमा निस्किए सांसद चालिसे र नगर प्रमुख रिसाल

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार १७:३८ मा प्रकाशित (१0 महिना अघि) ३२६ पाठक संख्या

काठमाडौँ। गोकर्णेश्वर नगरपालिका वडा नं १ को सुन्दरीजल, मूलखर्क, ओख्रेनीमा भएका विकास निर्माणको कार्यको अनुगमन गरिएको छ । प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, गोनपा प्रमुख दिपक कुमार रिसाल सहितको टोलीले उक्त क्षेत्रमा भए गरेका विकास निर्माण कार्यको स्थलगत अनुगमन गरेका हुन ।

सांसद चालिसे ,नगर प्रमुख रिसालसहितको टोलीले ओख्रेनी देउरालीमा ५० लाखमा निर्माण सम्पन्न भएको सडक, शिवपुरी टिकट काउन्टर संगै ३५ लाखको लागतमा बनेको ढलान सडक , ओख्रेनीमा निर्माणाधीन खेलकुद मैदान र उक्त क्षेत्रमा निर्माण गरिएका गुम्बाहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन ।

स्थलगत निरीक्षणमा निस्किएका प्रतिनिधिहरुले अन्य निमार्णधिन परियोजना र आगामी दिनमा विकास निमार्णका कार्यमा के कस्ता आवश्यकता र पूर्वाधारको खाचो रहेको लगायतका बिषयमा स्थानियहरुसँग छलफल समेत गरेका थिए ।