आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

नेपाल अफ्रिका चलचित्र महोत्सव सुरु

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार १४:४९ मा प्रकाशित (१0 महिना अघि) १४६ पाठक संख्या

काठमाडौँ- यही असार २३ देखि २५ गतेसम्म सञ्चालन हुने तीनदिने ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ को एघारौँ संस्करणमा १२ देशबाट २२ चलचित्र सहभागी हुने भएका छन् ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजनामा रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने महोत्सवका अध्यक्ष मञ्जु मिश्रले जानकारी दिइन् ।
उनले भनिन, “दुई फरक महाद्वीपलाई जोड्न महोत्सव निरन्तर आयोजना गरिरहेका छौँ, महोत्सवमा ११ देशबाट १० अफ्रिकन र नेपालबाट १२ चलचित्र तथा वृतचित्र सहभागी भएका छन् ।”
महोत्सवमा एक दिवसीय अभिनय कार्यशाला ‘नेपाली छोटो चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ विषयमा अन्तरक्रियासमेत हुने महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिए । महोत्सवको आयोजना जमलस्थित नाचघरमा हुनेछ ।