आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार ०८:३५ मा प्रकाशित (१0 महिना अघि) ८९ पाठक संख्या

झापा । नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई गृह नगरमा सम्मान गरिएको छ ।

रोटरी क्लब अफ काँकरभिट्टाले क्लबको १४औं पदस्थापनाको अवसर पारेर मंगलबार क्रिकेटर क्षेत्रीलाई नगदसहित सम्मान गरेको हो ।

महिला क्रिकेट खेलमा विश्व किर्तीमान राख्न समेत सफल भई नेपाल र नेपालीहरको नाम विश्वसामु उच्च पार्न सफल राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व सम्हाली रहेकी मेचीनगर(६ काँकरभिट्टा निवासी क्षेत्रीलाई नगद सहित सम्मान गरिएको रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष सुजन प्रधानले जानकारी दिए ।


क्लबको पदस्थापना कार्यक्रममा रोटरी क्लबका डिष्ट्रिक गर्भनर नोमिनी विनोद कोईराला, कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, निवर्तमान सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतको आतिथ्यता रहेको थियो ।

बर्ष २०२३र०२४ का अध्यक्ष ईन्जिनियर रूद्र मैनालीको अध्यक्षतामा आयोजना भएको कार्यक्रम सञ्चालन सचिव भगिरथ राईले गरेका थिए ।