आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार ०८:०२ मा प्रकाशित (१0 महिना अघि) १५८ पाठक संख्या

एजेन्सी । भारतले नवौँ पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । दक्षिण एशियाली फुटबल महासंघ ९साफ० को आयोजनामा भएको १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको हो ।

बेंगलोरमा भएको फाइनल खेलमा कुवेतलाई पेनाल्टी सुटआउटको सडन डेथमा पराजित गर्दै भारतले उपाधि उचालेको छ ।

बैङ्गलोरस्थित श्री कान्तीरावा स्टेडियममा भएको फाइनल खेलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडन डेथमा पराजित गरेको हो । त्यसअघि निर्धारित ९० मिनेटभित्र दुवै टोली १(१ गोलको बराबरीमा रोकिएपछि खेल अतिरिक्त ३० मिनेटसम्म लम्बिएको थियो । जसमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल विजेताको निर्णय टाइब्रेकरमार्फत टुंगो लागेको हो ।

टाइब्रेकरमा पनि ४–४ को बराबरीपछि खेल सडन डेथमा पुगेको थियो । जहाँ भारतीय गोलकिपर गुरप्रित सिंह नायक रहे । उनले विपक्षी कप्तानको प्रहारलाई रोक्दै टोलीको जित निश्चित गरेका थिए । सडन डेथमा भारतका लागि भने महेश सिंहले गोल गरेका थिए ।

साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक दक्षिण एसिया बाहिरका राष्ट्र कुवेत र लेबनानको सहभागिता रहेको थियो । लेबनानलाई सेमिफाइनलमा भारतले टाइब्रेकरमा नै हराएको थियो । कुवेत र भारत एकै समूहबाट अघि बढ्दै फाइनल पुगेको थियो । जसमा नेपाल र पाकिस्तान पनि रहेको थियो । समूह चरणमा कुवेत र भारतसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।