आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

पत्रकार हप्काउने काभ्रे भुम्लुका २ जनप्रतिनिधिविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

गोकर्णेश्वर खबर१८ असार २०८०, सोमबार १८:३१ मा प्रकाशित (१0 महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका दुईजना जनप्रतिनिधिमाथि आत्महत्या दुरुत्साहनको उजुरी परेको छ ।

भुम्लु–१ का वडाध्यक्ष लेखनाथ श्रेष्ठ, महिला सदस्य दानकुमारी खत्री र टोल सुधार समिति अध्यक्ष ताराबहादुर पन्तविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा आत्महत्या दुरुत्सहानको उजुरी दर्ता भएको हो । केही दिनअघि आत्महत्या गरेका सोही वडाका ठडेन्द्र बहादुर पन्तलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकका आफ्न्तले तीन जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दुई जनप्रतिनिधिसहित तीन जनाविरुद्ध जाहेरी परेको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढुण्डीराज न्यौपानेले अनुसन्धान प्रक्रिया अघि बढिरहेकाले यसबारे थप खुलाउन नमिल्ने बताए ।

तर, वडाध्यक्ष श्रेष्ठले भने आफूविरुद्ध प्रहरीमा जाहेरी परेको कुरा थाहा नभएको उल्लेख गरेका छन् । जनप्रतिनिधिले आत्महत्या गर्न बाध्य बनाएको भन्ने आफ्न्तको गुनासो छ, के हो ? भनी प्रश्न गर्दा उल्टै हप्कीदप्की गरेका उनले भने, ‘जसले जे भन्यो त्यहि लेख्ने काम नगर्नु ’