आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

ललिता निवास प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरूङसहित ३ जना अस्पताल भर्ना

गोकर्णेश्वर खबर१५ असार २०८०, शुक्रबार १९:१२ मा प्रकाशित (१0 महिना अघि) ४४ पाठक संख्या

काठमाडौं । बालुवाटार प्रकरणमा पक्राउ परेका तीन जनालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।

प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतमलाई टिचिङ अस्पतालमा भर्ना गरिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेश आर्चायका अनुसार तीनै जनालाई हिजो नै (बिहिबार) अस्पताल भर्ना गरिएको हो।

‘स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको हो,ʼ उनले भने, ‘एक जनाको स्वास्थ्य अवस्थामा सुधार आए पनि दुई जनालाई मेडिकल केयर आवश्यक देखिन्छ।ʼ

उनीहरू दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला बेलामा अक्सिजन दिइरहनुपर्ने एसएसपी आर्चायले जानकारी दिए।

तीन जना अस्पताल भर्ना भएपछि गोपाल कार्की मात्र हिरासतमा छन्।

ब्युरोले असार १२ गते ललिता निवास प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीन जना कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसीले अदालतबाट स्टेअर्डर लिएका थिए। त्यसैले उनीहरू सोही दिन छुटेका हुन्।